चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । चीनको हेलोङजियाङस्थित कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी शहरमा कोइला खानी दुर्घटना भएको हो ।

जिक्सीको हेङ्शान जिल्लाको कुन्युआन कोइला खानीमा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।