व्यापारी नरेश अग्रवाल पक्राउ, हुण्डी कारोबारको आरोप

काठमाडौं । व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । अग्रवालको क्षेत्रपाटीस्थित निवासबाट विभागको टोलीले छापा मारेर २ करोड नगद समेत बरामद गरेको छ ।

त्यस्तै टोलीले अग्रवालसहित ३ जनालाई पक्राउ गरेको छ । उनीमाथि सुन, क्रिप्टोकरेन्सी र हुन्डी कारोबार गर्ने गरेको आरोप रहेको छ ।

उनी क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आइरहेका थिए ।