काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका(७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ ९पुरुष०, जी लि ९पुरुष०, यियाद वु ९महिला० र जेमिङ सी ९पुरुष० रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।
आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए ।