एन्ड्र्यु किन चाहन्छन् सशक्त र मर्यादित इक्यान? अध्यक्ष पदका उम्मेदवार लक्ष्मण पौडेलको एजेन्डा

एन्ड्र्यु किन चाहन्छन् सशक्त र मर्यादित इक्यान? अध्यक्ष पदका उम्मेदवार लक्ष्मण पौडेलको एजेन्डा

एन्ड्र्यु किन चाहन्छन् सशक्त र मर्यादित इक्यान? अध्यक्ष पदका उम्मेदवार लक्ष्मण पौडेलको एजेन्डा

काठमाडौं, पौष २८ । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) को २०औं साधारणसभामा अध्यक्ष पदका लागि लक्ष्मण पौडेल (एन्ड्र्यु) ले उम्मेदवारी दर्ता गर्नुभएको छ । यसअघि प्रथम उपाध्यक्षमा विजयी हुनुभएका एन्ड्र्युले ‘सशक्त इक्यान’ को नारा सहित ‘एजेन्डासहित एन्ड्र्यु’ भन्ने शीर्षकमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।

इक्यानको चुनावी मैदानमा दृढ मनोबलका साथ होमिएका एन्ड्र्युले संस्थालाई कर्पोरेट कल्चरमा ढाल्ने, सदस्यहरूलाई समयानुकूल अपडेट बनाउने र शैक्षिक परामर्श पेशालाई इज्जतदार बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको छ । ग्रेस इन्टरनेसनलका सहसंस्थापक तथा निर्देशक एन्ड्र्युले भन्नुभयो, “इक्यान र यसका सदस्यहरूका लागि गर्नुपर्ने कामहरू थुप्रै छन्, तर अहिलेसम्म यसतर्फ ध्यान केन्द्रित हुन सकेको छैन । सफल व्यवसायिक संस्थाको छाता संगठन झन् शक्तिशाली र नेतृत्वदायी हुनुपर्छ ।”

दुई दशकभन्दा बढीको व्यवसायिक अनुभव बोकेका एन्ड्र्युले इक्यानलाई राजनीतिबाट टाढा राखी कर्पोरेट संस्कृतिमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार, सदस्य संस्थाहरूलाई इज्जतदार वातावरणमा काम गर्ने स्थिति सिर्जना गर्न अध्यक्ष बन्न आवश्यक छ । साथीहरूको आग्रहमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

सबैलाई समेट्ने योजना
इक्यानलाई ‘सबैको इक्यान’ बनाउने लक्ष्यसहित एन्ड्र्युले नवप्रवेशी सदस्यदेखि विगतका पूर्वअध्यक्ष र निष्क्रिय व्यक्तित्वहरूसम्म समेट्ने योजना सुनाउनुभयो । संस्थाको आफ्नै भवनसहित संस्थागत छाता संगठन निर्माण गर्ने उहाँको प्राथमिकता छ ।

उम्मेदवारहरू सबैलाई अपनत्वको अनुभूति गराउने उहाँको उद्देश्य छ । एन्ड्र्युले भन्नुभयो, “निर्वाचनमा जुनसुकै समूहबाट उम्मेदवारी दिए पनि तिनको योगदानको कदर गर्दै समेटेर सशक्त इक्यान बनाउन कडा मेहनत गर्छु ।” वर्तमान कार्यसमितिका योग्य सदस्यहरूसँग मिलेर इक्यानको गौरवमय इतिहास लेख्ने उहाँको भनाइ छ ।

इक्यानको यो साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ, जसले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउने अपेक्षा गरिएको छ ।