ECAN केन्द्रीय कार्यसमिति सदस्यका लागि बौद्ध अब्रोडका सञ्चालक दिनेश पौडेलको उम्मेदवारी

ECAN केन्द्रीय कार्यसमिति सदस्यका लागि बौद्ध अब्रोडका सञ्चालक दिनेश पौडेलको उम्मेदवारी

काठमाडौं, माघ २३, २०८२ – शैक्षिक परामर्शदाता संघ नेपाल (ECAN) को आगामी केन्द्रीय कार्यसमिति सदस्य पदका लागि रुपन्देहीका उद्यमी दिनेश पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। बौद्ध अब्रोड एजुकेशन कन्सल्टेन्सीका सञ्चालक पौडेलले रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै सक्षम र समर्पित उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरेका हुन्।

सन् २०१५ मा भैरहवामा आफ्नो शैक्षिक परामर्श संस्था स्थापना गरेका पौडेल ECAN का सक्रिय सदस्यका रूपमा परिचित छन्। उनी ECAN रुपन्देही समन्वय समितिका संस्थापक सदस्यसमेत हुन्। तीन जनाको सामूहिक प्रयासबाट जिल्लास्तरीय ECAN को स्थापना, विस्तार र सुदृढीकरणमा उनको महत्वपूर्ण योगदान रहेको छ। पौडेलले ECAN लाई आफ्नो गर्व र जिम्मेवारीसँग जोडिएको संस्थाको रूपमा वर्णन गर्दै यसप्रति भावनात्मक लगाव व्यक्त गरे।

उनको शैक्षिक यात्रा भैरहवामै सम्पन्न भएको हो भने व्यावसायिक रूपमा विद्यालयमा लेखापाल र अडिट फर्ममा सहायकको रूपमा अनुभव प्राप्त गरेका छन्। कम्प्युटर ज्ञान, अंग्रेजी सञ्चार सीप र लेखा–अडिटको व्यवहारिक ज्ञानका आधारमा उनले सफलतापूर्वक परामर्श व्यवसाय सञ्चालन गर्दै आएका छन्।

निर्वाचित भएमा पौडेलको मुख्य दृष्टिकोण ECAN का सबै शाखा तथा समन्वय समितिहरूबीच सन्तुलन, समन्वय र एकता कायम गर्ने रहेको छ। यसमा प्रभावकारी तथा पारदर्शी सञ्चार, सूचनाको समयमै प्रवाह र गुणस्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई प्राथमिकता दिइनेछ।

पौडेलसँग सामाजिक नेतृत्वको समेत दांठो अनुभव छ। उनी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त सचिव, लायन्स क्लब अफ होली सिटीको निर्देशक र रोटार्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका चार्टर अध्यक्ष हुन्। यी अनुभवहरूले उनलाई सहकार्य, उत्तरदायित्व र दूरदर्शी नेतृत्व प्रदान गरेको उनको भनाइ छ।

अन्तमा, ECAN को सुदृढ र प्रगतिशील भविष्यका लागि सदस्यहरूको समर्थन अपेक्षा गर्दै पौडेलले धन्यवाद ज्ञापन् गरे।