काठमाडौं । १९ वर्ष केन्द्रीय कारागारको गोलघरमा सजाय काटेर आज छुट्न लागेका सिरियल किलर चार्ल्स शोभराजले आफ्नो फोटो खिच्न नदिन आग्रह गरेका छन्। उनले मिडियाबाट आफू टाढै बस्न चाहेको भन्दै कसैलाई पनि फोटो खिच्न नदिन कारागार प्रशासनलाई आग्रह गरेका छन्।
उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागको जिम्मा लगाउँदैछ। अध्यागमनले पासपोर्टलगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ।
























