काठमाडौं । शीतलहर, हिमपात र चिसोबाट नागरिकलाई बचाउन सरकारले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरी जिल्लाहरूलाई अख्तियारी दिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार विपद व्यवस्थापन कोषको रकम खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको उनको सचिवालयले जानकारी दिएको छ।
चिसोबाट हुन सक्ने जोखिम एवं सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।
ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुगु, डाल्पा, कालिकोट, बझाङ, बाजुरा र दार्चुलालाई चार लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ।
























