नीर बहादुर भुजेलले सनातन जडिबुटी एण्ड हेल्थ केयर खोलेको दुई वर्ष मात्रै भयो ।
विशेष गरि यँहा निः सन्तान सम्बन्धी उपचार गरिन्छ। पुरुषहरुमा हुने शुक्रकिटको कमी, बाझोपन, एलोपेथिका बिरामीहरुलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्दै आईरहेका छन् ।

नेपालमा युगौंदेखि आयुर्वेदको अध्ययन–अध्यापन गुरुकुल परम्पराअनुसार चल्दै आएको छ । भुजेलको पनि पुस्तादेखि नै गरिदै आएको सेवामुलक व्यवसाय भएकाले उनी पनि जडिबुटी तिरै तानिए।
नेपालको स्वास्थ्य क्षेत्रमा लामो इतिहास बोकेको आयुर्वेद स्वास्थ्य विज्ञानको अवस्था अहिले पनि नाजुक छ।

बदलिँदो विश्वको परिवेशमा समयको मागले पारेको दबाबका कारण सुधार र विकासका लागि सकारात्मक सोचसहित केही पहल विशेष गरी नीति र योजना निर्माणमा देखिएको छ, तर भएका नीति र कार्यक्रम कार्यान्वयन हुन नसक्दा आयुर्वेदको स्थिति अझै पनि दयनीय भएको महशुस गरेका छन् नीरले ।
मानिसहरुमा कम बुझाईले पो हो कि ठाँउ चिन्न सक्नु भएन सनातनमा त्यत्ति धेरै बिरामी आएनन्। आफ्नै सम्र्पकको मात्रै आउनुहुन्थो तर अहिले अफिस आएर सनातनको पुग्दा निरलाई कुरेर बस्ने बिरामीहरु को भिड लाग्छ ।
काठमाडौंमा मात्रै नभई नेपालभरी नै सनातनको सेवा उपलब्ध छ।
]
अझ नेपाल सरकारले केहि हदसम्म आयुर्वेद अध्ययन संस्थान व्यवस्थापनमा सहयोग गरिदिए अनुसन्धानमूलक ज्ञान, प्रविधिको विकास तथा उच्च गुणस्तरको जनशक्ति उत्पादन गरी विश्वबजारमा मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने निर बताउछन् ।
नेपाल सरकारका आयुर्वेदसम्बन्धी विभिन्न नीति तथा योजना र यसमै आधारित भएर अनुमान गर्दा आगामी वर्षमा आयुर्वेद विशेषज्ञको आवश्यकता पर्ने देखिन्छ । दक्ष जनशक्ति अभावका कारण आयुर्वेदको स्तरीय सेवाबाट नेपाली जनता वन्चित हुन पुगेका छन् ।
कस्तुरी मृगले आफ्नो सुवास आफैंले थाहा नपाएर जंगलजंगल दौडिए जस्तै, हामी र हाम्रो देशमा भएको हुँदा निर आफै जान्छन् जडिबुटी खोज्न पनि ।
आयुर्वेदको माध्यमबाट आन्तरिक स्रोत (जडिबुटी, जल र कृषि) लाई परिचालन गर्ने हो भने, मुलुक समृद्ध बनाउन धेरै समय नलाग्ने उनी बताउछन् ।

देशमा विद्यमान विशिष्ट प्राकृतिक, वानस्पतिक, जैविक विविधता एवं छोटो दूरीभित्रै पाइने भौगोलिक तथा मौसमी विविधता, जलस्रोत, कृषि उत्पादन तथा उपलब्ध जडिबुटी र अन्य स्रोतसाधनको विशेष उपयोगका लागि आफूले गर्ने आविस्कार एवं नव प्रवर्धन राष्ट्रिय विकास तथा अन्तर्राष्ट्रिय ज्ञान भण्डारमा योगदान पु¥याउन सक्ने पर्याप्त आधारहरु छन् नीरसँग ।

सनातनमा सम्पूर्ण क्रोनिक रोगहरुको औषधी उपचार गरिन्छ । बिरामी आएपछि उसको रोगअनुसारको औषधीको निमार्ण गरिन्छ । सनातनमा आएका बिरामीहरु सबै सफल उपचार भएर फर्किएका छन् ।
जडिबुटीको राम्रा गुणसगै अवगुण पनि रहेका छन् । मात्रा मिलाएर खान जानिएन भने यसको असर पर्ने हुदा निरले स्यम आँफैले औषधी तयार गर्ने गर्छन् ।
सनातन तथा निरको अबको उद्देश्य भनेको बजारमा क्रोनिकबाट ग्रसित बिरामी नै नहुनु भन्ने हो ।
























