काठमाडौं । बागमती प्रदेशको देशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते बस्ने भएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बैठक बस्ने गरी आज आह्वान गरेका छन् ।
बागमती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट सिफारिस भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया पूरा गरी बैठक आह्वान गरेको प्रदेश प्रमुख शर्माको प्रेस संयोजक शिवप्रसाद चौलागाईंले जानकारी दिए ।
























