काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।
आफूहरूको अभियान सरकारविरुद्ध भन्दा पनि भ्रष्टाचारविरुद्ध भएकाले प्रदर्शन गर्न लागेको प्रवक्ता खतिवडाको भनाइ छ।
एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।
त्यस्तै, एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ। दिउँसो साढे एक बजे सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको खतिवडाले जानकारी दिए ।
यता भ्रष्टाचारविरुद्ध अभियानकै क्रममा समाजवादीनिकट विद्यार्थी संगठनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने काम छ।
























