काठमाडाैं । बाँकेस्थित नेपाल-भारत सीमानाका जमुनाहमा एकीकृत जाँच चौकीबाट बिहीबार नेपालबाट भारततर्फ जडीबुटी बोकेको ट्रक प्रवेश गर्दै । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार संयुक्त रुपमा एकीकृत जाँच चौकीको उदघाटन गर्नु भएसँगै नेपालबाट जडीबुटीको एक ट्रक भारततर्फ निर्यात गरिएको छ भने भारतबाट दुई ट्रक पेट्रोल नेपाल आयात गरिएको छ ।























