नेकपा एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा प्रोटोकलको बेवास्ता गरिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नी छोरी गंगा दाहाललाई भ्रमणमा लगेकोमा आपत्ति जनाएका छन् ।
‘स्पाउसको भूमिका छोरा वा छोरीले लिन सक्दैन, महत्त्वपूर्ण बैठकमा पीए लान मिल्दैन, परराष्ट्रमन्त्री लानु पर्दैन? अर्को मन्त्री लैजानु पर्दैन? परराष्ट्रसचिव लानु पर्दैनरु नोट टेक्ने मान्छे लानु पर्दैन ?’
भ्रमणका क्रममा प्रधानमन्त्रीले प्रोटोकल मिचेको ओलीले बताए। ‘यो धार्मिक भ्रमण हो कि? पारिवारिक भ्रमण हो कि? पर्यटकीय भ्रमण हो कि?’ संसद्मा ओलीले सोधे।
























