काठमाडौं । प्रधानमन्त्ती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वडा सम्मेलनको उदघाटन गर्न पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बुधबार बारपाक सुलिकोट गाउँपालिका कार्यालय, ताकुकोटमा गाउँपालिका स्थानीय सरकार र सरोकारवालासंग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका हुन् ।
उनले मंगलबार प्रधानमन्त्री कार्यकाल एक वर्ष पुगेको अवधिमा जनताको नाममा सम्बोधन गर्दै कार्यशैलीमा सुधार गर्ने भन्दै काठमाडौँ नछोड्ने बताएका थिए तर बुधबार प्रचण्ड वडा सम्मेलनको उद्घाटनमा पुगेका छन् ।
मंगलबार जनताको नाममा गरेको सम्बोधनका क्रममा समेत प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा गरेको कामको अभिलेख गलत सार्वजनिक गरेका थिए । अहिले जुन आलोचनाको विषय बनेको छ ।




















