काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन्।
राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै संघीय संसद्को सचिवालय पुगेका राणाले बिहीबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको संसद् सचिवालयले जनाएको छ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको सचिवालयले जानकारी दिएको छ।
बैठकपछि ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराउने कार्यतालिका रहेको छ ।




















