काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय दलको चुनावमा गाली तथा धम्की आएको र सो धम्की महामन्त्री गगन थापाका समर्थकबाट यस्तो कार्य भएको संकेत गरे । उनले सामाजिक सञ्जालमार्फत संसदीय दलको चुनावपछिमा गाली तथा धम्की आएका बताएका हुन् ।
उनले अगाडि भनेका छन्, ‘गगन जी जस्तो पार्टीको जिम्मेवार कार्यकारी पदमा रहनुभएको युवा नेताको समर्थक हौँ भन्ने साथीहरूको यो प्रचार शैलीले गगन जिलाई कति सहयोग पुग्यो होला र भविष्यमा पुग्ला? एक पटक निधार खुम्च्याएर सोचौँ
सांसदहरूलाई धम्की तथा गाली दिनु नै पुस्तान्तरण र रूपान्तरणको लोकतान्त्रिक शैली हो भन्दै उनले प्रश्न गरेका छन् । ‘अब त नलेखी नहुने भयो । अति भयो ।
























