काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन्।
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका छन् ।
‘यही गठबन्धनको सरकार बन्ने बताउदै प्रचण्डले भावी प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने सल्लाह भइरहेको जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा घर्किन लागिरहेको बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रपतिले आउँदो आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दाबी गर्न दलहरुलाई समय दिएका छन् ।




















