जनमत पाटीले श्रावण ६ गतै जनमतसंग्रह गर्दै

काठमाडौं । जनमत पाटीले श्रावण ६ गते जनमतसंग्रह गर्ने भएको छ । जनमत पाटीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।

जनमत पार्टीका सदस्यहरुले जनमत संग्रहका लागि मतदान २०८० वैशाख ३० गतेसम्म गर्न सक्ने भएका छन् । मतदानका लागि सम्बन्धित वडा र पालिकाबाट जनमत पाटीको सदयता लिएको हुनुपर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट जनप्रतिनिधिको रूपमा निर्वाचित भएको करीब एक वर्ष पुगिसकेकाले जनप्रतिनिधिले गरेको कार्यलाई जनताले अनुमोदन गरेको वा नगरेको थाहा पाउनका लागि जनमत पाटीले जनमतसंग्रह गर्न लागेको जनमत पाटीका अध्यक्ष डा. सिके राउतले जानकारी दिए ।