काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा अहिले सम्बोधन गर्दै छन् ।
सम्बोधनको क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई महिनामै मुटु प्रत्यारोपण गर्न हिँडेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीज्यू दुई महिना नपुग्दै मुटु प्रत्यारोपणमा लाग्नुभयो । नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम प्रस्तुति सुनेँ, पढेँ,’ ओलिले भने ।
उनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रमले आम नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने, रूपान्तरणकारी नीति नभएको दाबी गरेका छन् ।




















