काठमाडौं । टीकापुर हिंसात्मक घटनाका दोषी पूर्वसांसद रेशम चौधरीलाई फेरि थुन्न माग गरिएको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदछ ।
घटना जीवन गुमाएका सुरक्षाकर्मीका केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबारका लागि अदालतले पेशी तोकिएको हो ।
हत्याकाण्डका मुख्य योजनाकार रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले जेठ २ गते मात्रै सदर गरेको थियो । । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी जेठ १५ गते डिल्लीबजार सदरखोरबाट रिहा भएका हुन् ।
अदालतको फैसला अनुसार थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि कैद मिनाहा गरिएपछि उनी जेलमुक्त भएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपलिे चौधरीलाई रिहा गरिदिए पछि असन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।
संविधान जारी हुन अगाडि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रहरी एसएसपी लक्ष्मण न्यौपानेसहितका सात सुरक्षाकर्मी र नाबालक गरी ८ जनाको बीभत्स हत्या गरिएको थियो ।




















