काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजदेखि बहस शुरु हुनेछ। मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु गर्दैछन् ।
बहसका लागि पूर्व महान्याधिबक्तादेखि नेपाल बार एशाेसिएसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन्।
यसअघि नै निर्धारण भएको बहसको सयम अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस शुरु गर्न लागेका हुन् । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ।
जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ।




















