काठमाडौं । स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आउने भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो ।
स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।
खेल पोखरा रंगशाला र दशरथ रंगशालामा हुनेछन् । काथेरेन्यो फुटबल क्लब र गण्डकी–११ बीचको मैत्रीपूर्ण खेल १३ पुसमा पोखरा रंगशालामा हुनेछ । यसैगरी १४ पुसमा दशरथ रंगशालामा काठमाडौं–११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ ।


















