काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताहरु स्याङजा जाने भएका छन् । आगामी माघ १० गते हुने नेपाली कांग्रेस स्याङजाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहितका केन्द्रीय नेताहरु स्याङजा जाने भएका हुन् ।
नेपाली काङ्ग्रेस स्याङ्जाका सचीव दामोदर लम्सालका अनुुसार स्याङजामा हुन लागेको जिल्ला सम्मेलनमा सभापति देउवा सहित उपसभापति एवम् नेपाल सरकारका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का,पार्टीका उपसभापति एवम् नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ,महामन्त्रीहरु गगन कुमार थापा र बिश्वा प्रकाश शर्मा, सह महामन्त्री जीवन परियार, नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा पार्टीका पुर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला,केन्द्रीय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतको उपस्थिति रहनेछ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले माघ २ र ३ गते बसेको पदाधिकारी बैठकले गरेको जिल्ला सम्मेलन गर्ने निर्णयलाई सफल बनाउन विभिन्न उप समिती समेत तय गरिसकेको छ । माघ १० गते हुने जिल्ला सम्मेलन स्याङ्जाको सिटिहलमा हुनेछ । उक्त सम्मेलनका लागि उप समिति समेत गठन गरिएको छ । साङ्ठानिक प्रतिवेदनरनिति तथा कायर्क्रम तयारी उप समितीमा जिल्ला सचीव गुरु प्रसाद भट्टराई,जिल्ला सचीव दामोदर लम्साल रहेका छन् ।
त्यस्तै कोषाध्यक्ष जनक काफ्लेको संयोजकमा आर्थिक ब्यबस्थापन उप समिति,प्रवक्ता भरत लम्सालको संयोजकमा सूचना तथा संचार उप समिति, जिल्ला सदस्य नवराज सुवेदीको संयोजकमा खाजारनास्ता ब्यबस्थापन उप समिति,सह सचीव ध्रुव बन्धु पौडेलको संयोजकमा सम्मान पत्र उप समिती, जिल्ला सदस्य हिरादेवि शर्माको संयोजकमा अतिथि संमान तथा सत्कार उप समिती,जिल्ला कार्यसमिति सदस्य घनश्याम रिजालको संयोजकमा सास्कृतिक उप समिती,पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारीको संयोजकमा मञ्च ब्यबस्थापन उप समिती र यातायातको ब्यबस्थापन स्वयं जिल्ला कार्यसमितिले गर्ने गरि निर्णय भएको सचीव लम्सालको भनाइ छ ।




















