काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउले कीर्तिमानी उचाई कायम गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार आज डलरको भाउ हालसम्मकै उच्च विन्दुमा गरेको हो ।
आज एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा पुगेको छ। जुन अहिलेसम्मकै उच्च हो । आजैका लागि डलरको खरिददर भने १२३३ रुपैयाँ ६६ पैसा कायम भएको छ । बुधवार पनि प्रतिडलर १३४ रुपैयाँ २१ पैसा कायम भई रेकर्ड कायम गरेको थियो । तर, आज पुनः बढेर नयाँ उचाईमा पुगेको छ ।
आज भारतीय रुपैयाँ भने अमेरिकी डलरको तुलनामा कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अ भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदा नेपाली मुद्रा समेत कमजोर भएको हो ।
डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्दछ । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । डलर महँगिँदै जाँदा अझै यस्तो महँगी बढ्न सक्छ । मूलतः पेट्रोलियम पदार्थको मूल्यमा यसले असर पार्छ । नेपाल आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।
यद्यपि, डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढोत्तरी हुन्छ । यता, नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ ।
बिहीबारका लागि युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्री दर ८८ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा तोकिएको छ।
उक्त दिन कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, लेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा कायम भएको छ।



















