जुलाई ३१ मा युएएनको ‘युके युनिभर्सिटी फेस्ट’ हुने

काठमाडौं ।  जुलाई ३१ अर्थात साउन १६ गते युनिभर्सिटी एड्मिसन नेटवर्क (युएएन)ले ‘युके युनिभर्सिटी फेस्ट’ को आयोजना गर्ने भएको छ । युएएनले युकेका २० भन्दा धेरै विश्वविद्यालयको सहभागितामा पुतलीसडकस्थित आफ्नै कार्यालयमा युके युनिभर्सिटी फेस्ट आयोजना गर्न लागेको हो ।

उक्त फेस्टमा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीलाई एक्ला एक्लै परामर्श दिने छन् । यूके युनिभर्सिटी फेस्टमा युनिभर्सिटीबाट आएका प्रतिनिधिहरुले भिसा आवेदन दिने, विश्वविद्यालय र क्याम्पसमा विद्यार्थीलाई प्राप्त सुविधाहरु, क्याम्पसमा बस्ने अवसर, छात्रवृत्ति लगायतका विषयमा जानकारी प्राप्त हुने युएनका डिजिटल मार्केटर अभिज्ञान गौतमले बताए ।

पुतलीसडकस्थित कृषि विकास बैंकको तेश्रो तलामा रहेको कार्यालयमा युके युनिभर्सिटी फेस्ट हुनेछ । यो फेयरमा सहभागी विद्यार्थीले तुरुन्तै अफर लेटर प्राप्त गर्ने बताइएको छ ।

‘युनिभर्सिटी एडमिशन नेटवर्कको ‘यूके युनि–फेस्ट’मा २०ं भन्दा बढी युके विश्वविद्यालयहरू सबै एकै ठाउँमा उपस्थित हुनेछन् ।’, गौतमले इच्छुक विद्यार्थीलाई भने, ‘विश्वविद्यालयका प्रतिनिधिहरूलाई भेट्ने यो अवसर गुमाउनु हुँदैन । यहाँ भर्ना, छात्रवृत्ति र क्याम्पस जीवनको बारेमा भरपुर जानकारी प्राप्त हुनेछ ।’