ECAN सह–कोषाध्यक्ष पदका लागि भिमबहादुर थापाको उम्मेदवारी घोषणा

ECAN सह–कोषाध्यक्ष पदका लागि भिमबहादुर थापाको उम्मेदवारी घोषणा

काठमाडौं, २०८२ पौष २२ (जनवरी ६, २०२६) – शिक्षण परामर्शदाताहरूको छाता संस्था एज्युकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (ECAN) को आगामी वार्षिक साधारण सभा (AGM) तथा निर्वाचनमा सह–कोषाध्यक्ष पदका लागि ड्रिम अन एज्युकेशनल कन्सल्टेन्सीका सञ्चालक भिमबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन्।

पछिल्लो एक दशकदेखि ECAN का गतिविधि नजिकबाट अवलोकन गर्दै आएका थापाले संस्थाको मूल्य, पारदर्शिता र लोकतान्त्रिक अभ्यासप्रति गहिरो सम्मान व्यक्त गर्दै दर्शकबाट सक्रिय योगदानकर्तातर्फ लम्कने प्रतिबद्धता देखाएका छन्। उनले एन्ड्र्यु टिमको नेतृत्व र सुधार एजेन्डालाई पूर्ण समर्थन गर्दै ECAN लाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

निर्वाचित भएमा इमान्दारी, उत्तरदायित्व र समर्पणका साथ सेवा गर्ने प्रतिज्ञा गर्दै थापाले निम्न एजेन्डा अघि सारेका छन् :

  • पारदर्शी आर्थिक व्यवस्थापन

  • केन्द्र–ब्रान्चबीच सुदृढ समन्वय

  • दिगो आय–स्रोत विकास

थापाले पारदर्शी, सक्षम र ब्रान्च–मैत्री ECAN का लागि एन्ड्र्यु टिमलाई समर्थन गर्न तथा आफूलाई मत दिन आह्वान गरेका छन्।