काठमार्डाैं । एउटा वाणिज्य बैंक, ५ वटा बीमा कम्पनीसहित ९ वटा कम्पनीले साधारणसभा आव्हान गरेका छन् । सभा बोलाउने कम्पनीहरुमा एनसीसी बैंक, ज्योति लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, एनसीसी बैंक, नेपाल लाक्ष्फ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, नेपाल इन्फ्रास्टक्चर बैंक, नेशनल लाइफ इन्स्योरेन्स र सोल्टी होटल रहेका छन् ।
९ वटा कम्पनीमा २ वटा बीमा कम्पनीले लगानीकर्ताको हात खाली बनाउने भएका छन् भने बाँकी कम्पनीले लगानीकर्तालाई लाभांश दिने भएका छन् । लगानीकर्ताको हात खाली बनाउने कम्पनीमा ज्योती लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । अन्य कम्पनीले भने लाभांश दिने भएका छन् ।
१.ज्योती लाइफ
ज्योती लाइफ इन्स्योरेन्सले कात्तिक २८ गतेका लागि पाचौं वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि असार १३ गते बुक क्लोज गरिसकेको छ ।
२.सूर्या लाइफ
सूर्या लाइफले कात्तिक २८ गते १४ औं सभा बोलाएको छ । त्यसका लागि असार १३ गते बुक क्लोज गरेको छ । ज्योती लाइफ इन्स्योरेन्स र सूर्या लाइफ कम्पनी मर्जरमा जानका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।
३.अजोड इन्स्योरेन्स
अजोड इन्स्योरेन्सले मंसिर ९ गतेका लागि विशेष सभा बोलाएको छ । कम्पनीले सेयर स्वामित्व परिवर्तन, कुनै निर्जीबन बीमा कम्पनीसँग मर्जरमा जाने प्रस्ताव रहेको छ । त्यसका लागि मंसिर २ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।
४. अरुण काबेली
अरुण काबेलीले कात्तिक ३० गतेका लागि १२ औं सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–०७९ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सभामा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । कात्तिक १८ गते बुक क्लोज भइसकेको छ । १७ गतेसम्म कायम रहेका लगानीकर्ताले सभामा भाग लिने पाउनेछन् ।
५.एनसीसी बैंक
एनसीसी बैंकले मंसिर २ गतेका लागि २५ औं सभा बोलाएको छ । त्यसका लागि कात्तिक १५ गते बुक क्लोज गरिसकेको छ । १४ गतेसम्म कायम रहेका लगानीकर्ताले सभामा भाग लिन पाउनेछन् । बैंकले सेयरधनीहरुलाई आव २०७८–०७९ को मुनाफाबाट ३।३६ प्रतिशत बोनस सेयर र ७।६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
६. नेपाल लाइफ इन्स्योरेन्स
मंसिर ८ गते नेपाल लाइफ इन्स्योरेन्सले २२ औं सभा बोलाएको छ । कम्पनीका सभाका लागि कात्तिक १७ गते बुक क्लोज गरेको छ । आव २०७७–०७८ को मुनाफाबाट १५।७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
७.सोल्टी होटल
सोल्टी होटलले ४८ औं सभा पुस २८ गतेका लागि बोलाएको छ । सभाका लागि पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले आव २०७८र०७९ को नाफाबाट ५ प्रतिशत बोनस र २१.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
८.नेपाल इन्फ्रास्टक्चर बैंक
नेपाल इन्फ्रास्टक्चर बैंकले मंसिर १० गतेका लागि चौथो सभा बोलाएको छ । त्यसका लागि मंसिर १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले २०७८–०७९ को मुनाफाबाट ४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
९. नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले ३४ औं सभा मंसिर १८ गतेका लागि बोलाएको छ । सभाका लागि भन्दै मंसिर ८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले आव २०७७–०७८ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


















