२० ठाउँमा कांग्रेसको अग्रता: एमालेले १६ ठाउँमा लिड गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ७, यस्तो छ अन्य दल

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणन देश भर धमाधम चलि रहेको छ ।

 

अहिलेसम्म ४९ ठाउँमा मतगणना चलि रहदाँ १ ठाउँको मात्र मतपरिणम सार्वजनिक भएको छ । मुस्ताङ क्षेत्र १ बाट नेपाली कांग्रेसका नेता योगेश गौचन थकालीले जित हासिल गरी सकेका छन् ।

४९ ठाउँमा मतगणना चलि रहदाँ एमालेलेलाई उछाल्दैं काग्रेसले बढी क्षेत्रमा अग्रता कायम गरेको छ । कांग्रेसले २० ठाउँमा आफ्नो अग्रता कायम राखेको छ भने नेकपा एमालेले १६ ठाउँमा अग्रता लिएको छ ।

चर्चित संचारकर्मी रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राम्रा नजिता ल्याउने देखिएको छ । प्रतिनिधि सभामा मात्र सहभागि भएको पार्टीले पहिलो पटक चुनाव लडि रहदाँ राम्रा नजिता ल्याउने आंकलन गर्ने थालिएको छ ।

 

उक्त पाटी अहिले ७ ठाउँमा अग्र स्थानमा रहेको छ । साथै, राप्रपा ३, जनमत पार्टी ३, नाउपा २, माओवादी ३ र अन्य दलहरु ४ ठाउँमा अग्र स्थानमा रहेका छन् ।

साँझ ५ बजेसम्ममा कांग्रेसले २० ठाउँमा मनाङ क्षेत्र न १, नवलपुर क्षेत्र न २, इलाम क्षेन न २, चितवन क्षेत्र न १, भक्तपुर क्षेत्र न २, काठमाडौं क्षेन न ५,४,१० र कपिलबस्तु क्षेत्र न २, ३, तनहु क्षेत्र न १,२, कन्चनपुर क्षेत्र न ३, सुर्खेत क्षेत्र न २, बर्दिया क्षेत्र ३, रौतहट क्षेत्र ४, रुपन्देही क्षेत्र ३, अछाम क्षेत्र न २, मोरङ क्षेत्र न ६, मकवानपुर क्षेत्र न १, डडेल्धुरा १ मा अग्रता रहेको छ ।

एमालेले मकवानपुर क्षेत्र न २, चितवन क्षेत्र न २, झापा क्षेन न २, बाँके क्षेन न १,३, काठमाडौं क्षेत्र न ९,३, धनुषा क्षेत्र न ३, अर्घाखाँची क्षेत्र १, ललितपुर क्षेन न १,२ भक्तपुर क्षेत्र न १, दैलेख क्षेत्र न १, रुपन्देही १, मनाङ क्षेत्र १, दाङ क्षेत्र न ३, मा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र न २, ६,७, र कास्की क्षेत्र न २ र झापा क्षेत्र न ४, रुपन्देही क्षेत्र न २ र ललितपुर क्षेत्र न ३ मा अग्र स्थानमा रहेको छ ।

राप्रपामा बाँके क्षेत्र २, झापा क्षेत्र ३ काठमाडौं क्षेत्र १ मा अग्र स्थानमा रहेको छ । त्यस्तै जनमत पार्टीले सप्तरी क्षेत्र न २, १ र रुपन्देही १ मा अग्रता कायम राखेको छ । नागरिक उन्मुतिm पार्टी कैलाली क्षेत्र न १,३ अग्र स्थानमा रहेको छ ।

माओवादीले सर्लाही क्षेत्र न ३, दाङ क्षेत्र न २ मा, एकीकृत समाजवादी दाङ क्षेत्र १ र धादिङ क्षेत्र १ र सल्यान क्षेत्र १ मा अग्र रहेका छन् । अन्य दलहरु ४ ठाउँमा अग्र स्थानमा रहेका छन् ।