उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं। चर्चित उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर (पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार चौधरीले सात हजार १५१ मतको अन्तरले विजयी भएका हुन्।

उनले २९ हजार ४५९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् । त्रिपाठीले यसअघिको निर्वाचनमा विजयी भएका थिए।

उनलाई नेकपा (एमाले) को समर्थन रहेको थियो । सो क्षेत्रमा नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले १२ हजार ४९९ मत प्राप्त गरेका छन् ।