काठमाडौं । गठबन्धनबाट नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउन माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिक वितरण प्रणालीका आधारमा प्रमुख पदहरू बाँडफाँट हुनुपर्ने दाबी प्रस्तुत गर्न थालेका छन् ।
यता, माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन् । नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ ।
माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ ।
सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि दाहालले प्रधानमन्त्री पदलाई मुख्य ‘मिसन’ बनाएका राजनीतिक विश्लेषकहरु बताउँछन् ।
माओवादी एमालेसँग नजिक हुन खोजेपछि अहिले नेकपा एस कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्नेमा लागिपरेको छ ।





















