घनश्याम भुसाल र प्रभु साह एमालेबाट निस्कासित

काठमाडौं। एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले उनीहरूलाई पार्टीबाट निस्कासित गरिएको हो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

भुसालले पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी  दिएका थिए,भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पार्टीविरुद्ध काम गरेको पाइएपछि केन्द्रीय सदस्यहरु उपेन्द्र साह रौतहट, कुन्दन कुसवाह रौतहट, रामप्रित राम सिराहा, बद्री न्यौपाने सर्लाही, रिता साह सर्लाही, गंगा चौधरी दाङ, टेकबहादुर बलम्पाकी महोत्तरीलाई पदबाट हटाउने सचिवालय बैठकले निर्णय गरेको गुरुङले जानकारी दिए।