६८ वर्षमा लागे माओवादी अध्यक्ष प्रचण्ड, बाबुको जन्मदिनमा छोरीले गरिन् मार्मिक पोस्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज जन्मदिन हो । अध्यक्ष प्रचण्डलाई जन्मदिनको अवसरमा एकाबिहानैदेखि शुभकाना व्यक्त गरिरहेका छन् ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, हरेक घेराबन्दि र चुनौतीको सामना गर्दै केवल देश र जनताको लागि बिना कुनै स्वार्थ मुलुकलाई यहॉ सम्म ल्याउन सफल हुनुभएको छ। अब देशको लागि “विकास र समृद्धि” को एकमात्र सपना पुरा गर्ने अवसर मिलोस् जन्मदिनको यहि शुभकामना छ बुवा ।