यौन दुर्व्यवहारको आरोप लागेका माओवादीका सदस्य बजगाइँ पार्टीद्धारा निलम्बित

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाइँ निलम्बित भएका छन् । बजगाइँ माओवादी केन्द्र पार्टीले निलम्बन गरेको हो ।

पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा कार्यरत महिला कार्यकताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो ।

बजागाइँविरुद्ध आफ्नै कार्यकर्तालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनी ४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनमा माओवादीबाट काठमाडौं(३ का उम्मेदवार समेत बनेका थिए । पछि कांग्रेसका उम्मेदवारलाई पार्टी समर्थन गरेपछि उम्मेदवारी फिर्ता भएको थियो ।

गत ३ पुसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनलाई निलम्बन गरेको हो ।