काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज बिहान ८ बजे हुने भनिए पनि ४० मिनेट ढिला सुरू भएको छ। मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय गर्दै मतदान सुरू भएको हो।
कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ। यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
मतदान सुरू हुनुअघि प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्।
कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ।



















