नवनिर्वाचित सांसदहरूकाे सपथ ग्रहण अपरान्ह १ बजे संसद भवनमा

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका सचिवालयले सार्वजनिक गरेको छ ।

राणाले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् हिजो (बुधबार) शपथ लिइसकेकी छिन् ।