काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बदली भएको छ।
बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको छ। उपत्यकामा बिहानैदेखि हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बाक्लो हुस्सु लाग्दा बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका हुन्।




















