संसद् भवनबाट शेखर कोइरालाको दाबी: राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसले पाउँछ

काठमाडौं  । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद डा . शेखर कोइरालाले अब बन्ने सरकारको नेतृत्व आफ्नो दलले गर्ने बताएका छन् । शपथको लागि संसद् भवन नयाँ बानेश्वर पुगेका कोइरालाले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।

उनले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने पनि दाबी गरे । नयाँ सरकार गठनको लागि गठबन्धनमा गृहकार्य चलिरहेको बेलामा कोइरालाले यस्तो दाबी गरेका हुन् । नयाँ सरकारको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहालले पनि दाबी गरेका छन् ।