सत्ता समीकरणका लागि तीन नेताकाे दाैडधुप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बहुमत सांसदहरुबाट प्रधानमन्त्रीको दाबी गर्न दिएको एक हप्ताको समय सकिनै लाग्दा दलहरु आफ्नो पक्षमा बहुमतको समिकरण बनाउ दौडधुप गरिरहेका छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)का शीर्ष नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन लागि परेका छन् भने प्रतिपक्षमा रहेको नेकपा ९एमाले० गठबन्धन टुटाउने मेसोको खोजीमा रहेको छ ।

संसदीय दलमा भारी मतले विजयी भएका कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर आफैं प्रधानमन्त्री हुने दाउमा रहेका छन् भने आन्तरिक पार्टीमा सर्वसम्मत संसदीय दलको नेता चुनिएका प्रचण्ड आफू प्रधानमन्त्री हुने दाउमा रहेका छन् ।

राष्ट्रपति भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन् । सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँडफाँडको छलफलमा जुटेका छन् । तर दाबी पेश गर्ने दिन आउनै लाग्दासमेत प्रधानमन्त्री को हुने भन्ने सहमति हुन सकेको छैन ।