काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ? एक लाख तीन सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ? ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य रु एक लाख एक हजार थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ? १५ ले घटेर प्रतितोला ? एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको छ ।
























