काठमाडौं । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ को पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।























