नेपाल–भारत सम्बन्ध मजबुत बनाउन प्रचण्डसँग सहकार्यका लागि तत्पर छु : माेदी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई दिएका हुन् ।

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले लेख्छन्, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई। भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”