एमालेका मन्त्री छान्न बालकोटमा छलफल

काठमाडौं । नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाएर छलफल गरेको वालकोट स्रोतले जनाएको छ ।

छलफलका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु बालकोट पुगेका छन् । यसअघि हिजोराति अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसँग करिव ५ घण्टा छलफल गरेका थिए । त्यसक्रममा एमालेबाट सरकारमा जाने करिव ६ जनाको नाम तयार भए पनि त्यसमा अध्यक्ष ओलीले अन्तिम निर्णय गर्ने भन्दै नेताहरु बालकोटबाट राति १ बजे हिँडेका थिए ।