काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठेको बताएका छन् ।
‘२०७४ मा पनि शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो । प्रचण्डको पार्टी सरकारमा सामेल थियो । तर प्रचण्ड केपी ओलीसँग हात मिलाउन गएको देउवाले थाहा नै पाउनु भएन । अहिले पनि सरकारको नेतृत्व नदिए प्रचण्ड बाहिर जानुहुन्छ भन्ने सबैलाई थाहा थियो । तर यो कुरा बुझ्न नसक्दा उहाँको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले बताए ।
प्रधानमन्त्रीका निम्ति गठबन्धन तोड्ने निर्णय कांग्रेसका लागि आत्मघाती भएको पनि उनले औंल्याए । उनले भने, ‘कांग्रेसका निम्ति यो आत्मघाती निर्णय हो । यसबाट शेरबहादुरजीलाई क्षति भएको छ, कांग्रेसलाई क्षति भएको छ । जनतामा पनि निराशा छाएको छ । सबभन्दा महत्त्वपूर्ण कुरा शेरबहादुरजीसँग इन्टलेजेन्सिया नै रहेनछ ।




















