उद्योग वाणिज्य महासंघको पदाधिकारी र प्रधानमन्त्री बिच भेटवार्ता

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । महासंघका पदाघिकारीले प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन् ।

महासंघले र प्रधानमन्त्रीबीचको भेटवार्तामा अर्थतन्त्रको संवेदनशीलताका विषयमा कुराकानी भएको महासंघले जनाएको छ ।

उक्त अवसरमा अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखा परेको चालू पूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।