डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको पुष्टि गरेका छन् ।

केसीको गतिविध शंकास्पद देखिएकाले प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान अघि बढ्छ । त्यसैले तत्काल उनलाई निलम्बन गर्न सिफारिस गरिएको छ,’ डीआईजी राईले भने ।