काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले महान्यायाधिवक्तामा अधिवक्ता डा।दिनमणि पोखरेललाई सिफारिस गरेका छन्।
सोमबार महान्यायाधिवक्ता खम्मबहादुर खातीले राजीनामा दिएपछि सरकारले अधिवक्ता पोखरेलको नाम सिफारिस गरेको हो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।
पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए। उनले कानुनमा विद्यावारिधी गरेका हुन्।



















