काठमाडौं । धरान उपमहानगरपालिकाले तीनकुनेस्थित निर्माणाधीन प्रदेश १ वन निर्देशनालयको भवन अवैध रुपमा निर्माण भएको भन्दै भत्काउने चेतावनीसहित सोमबार सूचना टाँसेको छ । उक्त सूचना सोमबार निर्माणाधीन भवनबाहिर टाँसिएको हो ।
उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘धरान उपमहानगर क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनुपर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने नियम रहेको हुँदा सो नियमअन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रक्रियामा आउनु होला‚ अन्यथा अवैध संरचना हटाउनुपर्ने नियमअनुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’
वन निर्देशनालयको भवन वन क्षेत्रभित्र निर्माण भइरहेको छ । विराटनगरलाई प्रदेश १ को राजधानी घोषित गरेपछि वन मन्त्रालयको निर्देशनालय धरानमा राख्ने योजनाअनुसार उक्त भवन निर्माण भएको हो ।
।























