बाग्लुङमा एकै रातमा भूकम्पको तीन झट्का महसुस

काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति बागलुङ जिल्लामा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको छ।

केन्द्रका अनुसार बागलुङ जिल्लामा ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो ।बागलुङ जिल्लाको अधिकारी चौरको वरपर गए राति १ः२३ बजे ४.७ तीव्रताको भूकम्प आएको थियो ।

‘२०७९/०९र१३ का दिन १: २३ बजे बागलुङ जिल्लाको अधिकारी चौर वरपर ४.७ एमएलको भूकम्प आयो’, केन्द्रले ट्विट गर्दै लेखेको छ ।