काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्।
भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएको बताएका छन्।
आजको भेटमा पनि अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए।प्रचण्डजीलाई मैले ओलीसँग छलफलमा जाऔँ भन्ने तर निस्कनेबेला खबर नगर्नेरु यो रबैयाबाट म असन्तुष्ट छु भनेँ,’ अध्यक्ष नेपालले प्रचण्डसँगको भेटवार्ताका कुरा सुनाउँदै भने, ‘हतारमा भन्न पाइएन। यसमा मेरो गल्ती भयो भनेर प्रचण्डले भन्नुभयो।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन अस्वीकार गरेपछि नयाँ विकल्पका लागि एमाले अध्यक्ष ओलीसँग दुई जनाले सँगै छलफल गर्नुपर्ने प्रस्ताव प्रचण्ड आफैँले नेपाललाई गरेका थिए।
आइतबार बालुवाटारबाट बाहिरिने क्रममा प्रचण्डले जाऔँसम्म नभनेपछि अध्यक्ष नेपालले प्रचण्डले खोलो तर्यो लौरो बिर्सियोझैँ गरेको टिप्पणी गरेका थिए । ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले बताए।




















