कर्णाली संसदीय दलको नेता : श्रएमालेमा यामलाल कंडेल र मा‌ओवादीमा राजकुमार शर्मा

काठमाडौं । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छानेका छन् ।

दुवै दलले बुधबार संसदीय दलको नेता चयन गरेका हुन् । नेकपा एमालेले संसदीय दलको नेतामा यामलाल कंडेललाई चयन गरेको छ । बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलको पहिलो बैठकले कंडेललाई संसदीय दलको नेतमा सर्वसम्मत चयन गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ सुर्खेतबाट प्रदेश सभा सदस्यमा निर्वाचित कंडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् ।