काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशको संसदीय दलको नेता चयन प्रक्रिया सुरू भएसँगै हेटौँडामा नेताहरूको चहलपहल बढेको छ ।
केन्द्रीय सदस्य बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरिसकेका छन् ।देउवाबाट साथ नपाएका बानियाँलाई पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् ।
सभापति शेरबहादुर देउवाले सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू मोहनबहादुर बस्नेत, मोहन आचार्य, मदनकृष्ण श्रेष्ठलाई खटाएका छन् ।



















